२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपाको युवा संगठनद्वारा वृक्षारोपण

शुक्रवार , श्रावण २६, २०८०

  • 949
    Shares
  • 949
    Shares
  • काठमाडौं, २६ साउन । 
    २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले वृक्षारोपण कार्यक्रम गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा वडा नं ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक वनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुद्राक्षको विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

    युवा संगठनले राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण अभियान सञ्चालन गरेको र यसलाई देशव्यापी निरन्तरता दिइने सो संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन् ।

    वृक्षारोपण कार्यक्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं संयोजित संगठन विभाग प्रमुख राजेन्द्र गुरुङ, संगठनका पूर्व अध्यक्षहरु, संगठनका पदाधिकारी सदस्यहरु, काठमाडौं क्षेत्र नं २ का नेता कार्यकर्ताहरु र स्थानीयबासीले विभिन्न प्रजातिका ५०० विरुवा रोपेर वृक्षारोपण गरेको युवा संगठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी दिएका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा संगठनले शनिबार बृहत रक्तदान र चियापान कार्यक्रमको आयोजना पनि गरेको आचार्यले बताएका छन्