२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

मारवाडी युवा मंच भैरहवाद्वारा विद्यालयमा टिफिन बक्स र खाजा वितरण

शुक्रवार , श्रावण २६, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २६ साउन ।
    अन्तर्राष्ट्रिय युवा दिवस–२०२३ को अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत मारवाडी युवा मंच भैरहवाले विद्यालयमा टिफिन बक्स र खाजा वितरण गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ पिपरहियास्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई टिफिन बक्स र खाजा वितरण गरिएको अध्यक्ष विनित बेरिवालले बताए ।

    विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत १८० जना विद्यार्थीहरुलाई टिफिन बक्स तथा खाजा (चाउचाउ, बिस्कुट र टफी) वितरण गरिएको मारवाडी युवा मंच भैरहवाका महासचिव अशोक डागाले बताए ।

    कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवाल, मारवाडी महिला मंच भैरहवाकी अध्यक्ष अमिता अग्रवाल, मारवाडी युवा मंच भैरहवाका संस्थापक अध्यक्ष सन्दिप अग्रवाल, विद्यालयका प्रधानाध्यापक प्रवीण श्रीवास्तव, मारवाडी युवा मंचका सदस्यहरु, विद्यालयका शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2023-08-11 at 10.39.16 PM.jpeg