२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सरावलमा रक्तदान 

शनिवार , श्रावण २७, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • परासी, २७ साउन ।
    पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सोसाईटीका अध्यक्ष सन्जय मोैर्याको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चौधरीले ‘तपाईले प्रदान गरेको अमूल्य रगतले कसैको जीवन बच्न सक्छ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रमले मानव जीवन रक्षाका लागि महत्वपूर्ण भुमिका खेलेको बताए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बडहरा दुबौलिया आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रम महादानको रुपमा सावित भएको बताए । 

    364392449_689864629715895_3522976652078624593_n.jpg

    कार्यक्रममा विशिष्ट अतिथि बासमति हरिजन, राजेन्द्र प्रसाद अग्रहरी, लक्ष्मण प्रसाद चौधरी, दिनेश सहानी, अर्जुन क्षेत्री, ईन्द्रकमल यादव, अतिथि उमेश वि.क. लगायतको उपस्थिति रहेको थियोे । नेपाल रेडक्रस सोसाईटी नवलपरासी जिल्ला शाखाको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी रामपुर खडौना उपशाखाको समन्वय तथा बालपुरी उपशाखा सदस्य जन्मेजय यादवको कार्यक्रम संयोजकत्वमा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेको थिए ।