images

बुधवार, बैशाख २६ गते २०८१

सरु ज्ञवालीको गजल संग्रह ‘कादम्बरी’ विमोचन 

सरु ज्ञवालीको गजल संग्रह ‘कादम्बरी’ विमोचन 

images
images
images
आइतवार, श्रावण २८ २०८०
आइतवार, श्रावण २८ २०८०
  • सरु ज्ञवालीको गजल संग्रह ‘कादम्बरी’ विमोचन 

    भैरहवा, २८ साउन । 
    गजलकार तथा सिर्जनशील साहित्यिक समाज (सिसास) का उपाध्यक्ष सरु ज्ञवालीको गजल संग्रह ‘कादम्बरी’ विमोचन भएको छ । भैरहवामा शनिबार आयोजित एक कार्यक्रमकाबीच उक्त गजल संग्रह विमोचन गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्राज्ञ बुंद रानाले सरु ज्ञवालीको गजल संग्रह कादम्बरीमा देशप्रतिको चिन्ता प्रकट भएको र गजलले देशको वर्तमान अवस्थाका बारेमा बोलेको बताए ।

    सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले गजल भनेको गेयात्मक विधा भएको बताउँदै साहित्यप्रति कृतिकारको निष्ठा रहेकाले कृति निस्किएको बताए । 

    साहित्यकार वनमाली निराकारले कवितामा विवाद नभएको तर गजलमा तैंले लेखेको भएन मैले लेखेको भयो भन्ने विवाद भएको बताए ।

    सिर्जनशील साहित्यिक समाज (सिसास) को आयोजनामा भएको कार्यक्रममा साहित्यकार विजय सागरले इतिहासले पनि बढी प्रभाव पार्ने भएकाले गजलकारले रचना गरेको मिति लेख्नुपर्ने सुझाव दिए । साहित्यकार रुद्र ज्ञवालीले हिजो गजलको समीक्षा गरेकाहरु नै आज गजल होइन भन्नु दुःखद भएको बताए । 

    गजल संग्रह कादम्बरीको समीक्षा गर्दै साहित्यकार रमेश समर्थनले कृतिकारले देश प्रेम, प्रणय, प्रकृतिका कुरा आएको हुँदा कृति सफल रहेको बताए । सिर्जनशील साहित्यिक समाजका अध्यक्ष कमल पोख्रेलले कृति प्रकाशनले सबैलाई उत्प्रेरणा गर्ने बताए ।

    कार्यक्रममा साहित्यकारहरु डाक्टर लक्ष्मी पोख्रेल, कृष्णाकुमारी शर्मा, सिसासका पूर्वअध्यक्षहरु नारायण प्रसाद भण्डारी, सुरज घिमिरे, छवि ज्ञवाली, तेज प्रसाद पन्थ, शशि पन्थी, सिसासका सचिव विष्णु प्रसाद गजुरेलले लगायतले मन्तव्य राखेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij