२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्वारा वृक्षारोपण

आइतवार , श्रावण २८, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २८ साउन ।
    नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले वृक्षारोपण कार्यक्रम गरेको छ । संघले शनिबार सिद्धार्थनगर–१२ स्थित स्वर्गद्वारी घाटमा वृक्षारोपण तथा डेंगु रोगविरुद्ध सचेतना कार्यक्रम गरेको हो । एकमहिने वृक्षारोपण कार्यक्रम अभियानअन्तर्गत वृहत वृक्षारोपण कार्यक्रम तथा सचेतना कार्यक्रम शुभारम्भ गरिएको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष प्रविन आचार्यले बताए । कार्यक्रममा १५१ वटा विरुवा रोपिएको आचार्यले जानकारी दिए ।

    कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय क्षितिज थैवले युवा संघले सामाजिक कार्यहरुलाई निरन्तरता दिएको बताए ।

    WhatsApp Image 2023-08-13 at 1.47.17 PM.jpeg

    कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन पुरी, केन्द्रीय सदस्य केशव रोक्का, किरण नेपाल, मनोज गौचन, कल्पना पांडे मगर, एमाले सिद्धार्थनगर उपाध्यक्ष अर्जुन गिरी, एमाले सिद्धार्थनगर उपसचिव तथा सिद्धार्थनगर–१२ का वडाअध्यक्ष कुमार गुरुङ, सिद्धार्थनगर युवा इञ्चार्ज नर्जुन गुरुङ, युवा संघ लुम्बिनी प्रदेश आयोजक कमिटी सदस्य कृष्ण मल्ल ठकुरी, शशिकान्त उपाध्याय, विद्यार्थी नेता सरोज ठकुरी, युथ फोर्स केन्द्रीय सदस्य बिरेन राना, युवा संघ रुपन्देहीका अध्यक्ष विकास बस्नेत, सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।