२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्छ : केपी ओली

आइतवार , श्रावण २८, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २८ साउन । 
    प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।

    च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले  राजीनामा दिनुपर्ने बताएका हुन् । 

    आफ्नो राजीनामा दिनबाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको उनको भनाइ छ ।
    सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत लगाएका ओलीले भने, “गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैँ... राजीनामा गर्नबाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ ।

    चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?”
    केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए । त्यसको जवाफ ओलीले दिएका हुन् ।