२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोहिणीमा आर्थिक वर्ष २०७९/०८० को बजेट समीक्षा

सोमवार , श्रावण २९, २०८०

भैरहवा, २९ साउन ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० को बजेट समीक्षा कार्यक्रम सम्पन्न भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा आइतबार रोहिणी–३ स्थित धकधईमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा गाउँपालिका अन्तर्गत विभिन्न शाखा प्रमुख, सातै वटा वडा कार्यालयका वडा सचिव तथा कर्मचारीहरुले शाखा तथा वडा अन्तर्गत आ.व. २०७९/०८० मा सम्पन्न भएका योजना तथा कार्यहरुबारे जानकारी गराएका थिए ।

वडा सचिवहरुले वडामा सम्पन्न भएका योजना, व्यक्तिगत घटना दर्ता, राजस्व संकलनलगायतका विषयमा जानकारी गराएका थिए । त्यस्तै गाउँपालिकाअन्तर्गत विभिन्न शाखा प्रमुख तथा शाखामा कार्यरत कर्मचारीहरुले आ.व. २०७९/०८० मा सम्पन्न भएका कामबारे जानकारी गराएका थिए ।

कार्यक्रमममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गुनासो नआउने गरी काम गर्न आग्रह गरे । उनले भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा नागरिकलाई चुस्तदुरुस्त र सहज रुपमा सेवा प्रदान गर्न आग्रह गरे । उनले भने, ‘रोहिणी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

IMG_5113.JPG

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाको समग्र विकास निर्माण तथा कार्यक्रमहरुको बारेमा भनाइ राखेका थिए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्त हरिजन, कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

IMG_5118.JPG