२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

कोशी र गण्डक ब्यारेजका सबै ढोका खोलियो, उच्च सतर्कता अपनाउन अनुरोध

सोमवार , श्रावण २९, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २९ साउन । अत्याधिक बर्षाका कारण सप्तकोशी र गण्डक नहरका सबै ढोका खोलिएका छन् ।

    मोरङ र सप्तरीको सिमामा रहेका कोशी ब्यारेजका सबै ५४ वटा ढोका खोलिएका छन भने गण्डक नहरका सबै ३६ वटा ढोका खोलिएका छन ।

    दुवै नदीले खतराको सुची पार गरे पछि आवाश्यक सतर्कता अपनाउन नदीका तटिय क्षेत्रका बासिन्दालाइ पुर्व सुचना दिइएको छ । 

    गण्डक ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी बगिरहेको छ भने ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह भइरहेको जनाइएको छ ।

    उता, बिगत ३५ बर्ष पछि कोशीमा सबैभन्दा बढी पानी बगेको छ । पानीको बहाव अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको जनाइएको छ । सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको रेकर्ड गरिएको थियो ।