२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

उपराष्ट्रपति यादव चीन प्रस्थान

सोमवार , श्रावण २९, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, २९ साउन । 

    उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन प्रस्थान गरेका छन् । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव सोमबार अपरान्ह चीनको कुन्मिङ प्रथान गरेका हुन् । उनको बिदाइका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतका मन्त्रीहरु विमानस्थल पुगेका थिए । 

    यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ । चीन भ्रमण सकेर उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।