images

सोमवार, बैशाख २४ गते २०८१

बलात्कारपछि हत्या प्रयास भएकी बालिकाको उपचारका लागि आर्थिक समस्या

बलात्कारपछि हत्या प्रयास भएकी बालिकाको उपचारका लागि आर्थिक समस्या

images
images
images
बिहिवार, माघ ८ २०७७
बिहिवार, माघ ८ २०७७
  • बलात्कारपछि हत्या प्रयास भएकी बालिकाको उपचारका लागि आर्थिक समस्या

    भैरहवा । बलात्कारपछि हत्याप्रयास भएकी रुपन्देहीको तिलोत्तमा बभनीकी बालिकाको उपचारका लागि रकम अभाव भएको परिवारले गुनासो गरेका छन् । उनी एक हप्तादेखि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छन् । अस्पतालमासंगै रहेकी बालिकाकी आमाका अनुसार उनको यौनाङ्गमा गहिरो चोट लागेको छ भने अनुहार पनि उस्तै कुरुप बनेको छ ।

    images
    images
    images

    गालामा धारिलो हतियारले काटेर मासु निकाले जस्तो डरलाग्दो चोट लागेको छ । ओठ र आँखाको परेला च्यातिने गरी घाउ बनेको छ । अस्पतालको बेडमा उपचाररत उनीमा हिजोदेखि केही सुधार आएको बालिकाका मामाको छोरा दाजुले जानकारी दिए । एउटा आखाँले अहिलेसम्म पनि हेर्न नसकेको बताउँदै बेला बेला बेहोस हुने गरेको बताए ।

    माघ २ गते काठमाडौं पुर्याइएकी बालिकालाई आइतबार दिउँसो आइसीयुबाट जनरल वार्डमा सारिएको बालिकाको दाईले बताए । बालिकाको उपचारका लागि रकम अभाव भएको उनले गुनासो गरे । दैनिक ज्यालादारी गरेर दैनिक चलाउँदै आएका दम्पत्तीको सम्पत्तिको नाममा एकतले घर मात्रै छ ।

    आफन्त र छिमेकले ऋण धन गरेर अहिले सम्म बालिकाको उपचार भइरहेको दाजुले बताए । काठमाण्डौ जाँदा खोजेर लगेको रकम सकिएर पुनः खोजेको लगेको बताउँदै उनले अहिले सम्म ऋण सापटीबाहेक कसैले सहयोग नगरेको बताए ।
    पैसाको अभावका कोखे बच्चालाई कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको छ, ती दाइले भने बिरामी छोरी र कोखे बच्चाको पिरले आमा नै बिरामी हुनु भएको छ । बच्चाकी आमाको पनि टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

    स्थानीय विद्यालयको एक कक्षामा पढ्ने ५ वर्षिया ती बालिका माघ १ गते स्थानीय एक व्यक्तिबाट बलात्कारको सिकार भएकी हुन् । बलात्कारमा संलग्न २८ वर्षे होमबहादुर वि.क.लाई प्रहरीले सोही दिन पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । अभियुक्त कपिलवस्तुको वाणगंगा १२ घर भइ तिलोत्तमास्थित हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्थे ।

    पसलमा सामान किन्न गएकी बालिकालाई विकले चकलेट दिने भन्दै फकाएर झाडीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए । उनी साँझ पाँच बजेतिर बालिका सामान लिन पसलमा गएकी थिइन् । पौने  घण्टासम्म  छोरी नफर्केपछि आमाले खोजी गर्दा गाँउमा नभेटिएपछि आफन्तले झाडीतिर खोज्दै जाँदा बाँसको झाङ्गमा बालिका अर्धमुर्छित अवस्थामा भेटिएकी थिइन । रगताम्मे भएकी बालिकाको यौनांग, ओठ, आँखा, गाला, घाँटीमा डरलाग्दा चोट लागेका छन् ।

    बालिकाका मामाका छोरा दाजुका अनुसार छाती र घाँटीमा थिचेको जस्तो निशान थियो । बालिकालाई तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगे पनि त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएको थियो । लुम्बिनीले पनि त्यहाँ उपचार हुन नसक्ने बताएपछि तत्कालै काठमाडौं रेफर गरिदिएको थियो । 

    IMG_20210121_103125.jpgअभियुक्त विकले बलात्कारपछि हत्या गर्ने मनसायले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ । नाबालिका बलात्कार र ज्यानै मार्नेसम्मको अपराध गर्नेलाई आजीवन काराबासको सजाय हुनुपर्ने माग परिवार र आफन्तले गरेका छन् ।

    स्कुल जानै डराए दिदीहरु....

    चार दिदी बहिनीमध्ये बलात्कारपछि हत्या प्रयास भएकी बालिका साइली हुन् । उनी स्थानीय विद्यालयको कक्षा एकमा पढ्ने गर्थिन । उनका दुई दिदीमध्ये ठूली दिदी कक्षा ६ र माइली दिदी कक्षा ४ मा पढ्ने गर्दछन् ।

    अर्की एक वर्षिय दुधे बच्चा काखमा छन् । बहिनीमाथि भएको क्रुर अपराध पछि दिदीहरु तथा स्थानीय बालबालिका डरले एक हप्तासम्म विद्यालय जान मानेनन् । फेरी आफुहरु माथि पनि यस्तो खालको घटना घट्ने हो की भनेर डरले विद्यालय जान नमानेको बालिकाकी हजुर आमाले भनिन् आज बल्लतल्ल सम्झाएर स्कुल पठायौ । उनीहरुलाई आफुहरुले नै स्कुलमा छाडिदिएर आएको बताइन् । घटनापछि एक हप्तासम्म छरछिमेकका सबैजसो बालबालिकाहरु विद्यालय जान नमानेको स्थानीयले उल्लेख गरे ।

    अहिले बालिकाको घरमा हजुरआमाहरु मात्रै छन् । छेउमै बालिकाकी ठुली आमा बस्ने गरेको र त्यहाँ पनि महिलाहरु मात्रै बस्ने गरेका छन् । आफुहरु एक्ले बस्दा केही समस्या परिहाल्ने हो की भन्ने त्रासले समेत सताउने गरेको उनीहरुले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij