२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

पैदलयात्रामा निस्किएका देवराज पाध्या अर्घाखाँची पुगे

शुक्रवार , भाद्र १, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • अर्घाखाँची, १ भदौ । 
    नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्किएका कैलालीका देवराज पाध्या अर्घाखाँची आइपुगेका छन् ।
    पैदलयात्रा सुरु गरेको १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आइपुगेका हुन् । अर्घाखाँची हुँदै अब प्युठान पुग्ने पाध्याले बताए ।

    बाजुरा जन्मिई हाल कैलाली स्थाई घर भएका ३७ पाध्या अर्घाखाँचीसहित ७० जिल्ला पुगिसकेको बताए । ‘आफ्नै खुट्टाले नेपाल घुम्ने मन लाग्यो,’ पाध्याले भने ‘कति दिनमा देश घुमिदो रहेछ भन्ने जान्न मन लागेपछि यात्रा शुरु गरेको हुँ ।’ यसभन्दा अघि ७७ जिल्ला घुम्ने पैदलयात्रीको विययमा जानकारी नभएको पाध्याले बताए । ‘साईकल र गाडीमा हिड्नेहरु भए पनि पैदलयात्रीको विषयमा मलाई जानकारी छैन,’  पाध्याले भने ।

    यात्रा सुरु गर्नुपुर्व कैलालीमा रहेको गौरिगंगा नगरपालिकालाई आफ्नो यात्राको विषयमा जानकारी दिएकोमा नगरपालिकाले २० हजार रुपैयाँ आफ्नो खातामा राखिदिएको उनले बताए । छिटफुट ५/७ सय सहयोग आउने गरेको भएपनि हालसम्म सरकारीस्तरबाट कुनै सहयोग नभएको पाध्याले बताए ।

    भ्रमणको क्रममा स्थानीयहरुको राम्रो साथ पाएको पाध्याको भनाइ छ । ‘कतै पनि असहज, अप्ठ्यारो महसुश गर्नुपरेको छैन,’ उनले भने, ‘लुटपाट तथा कुटपिटको अनुभव समेत गर्नुपरेको छैन ।’

    साँझ जहाँ पुगिन्छ, त्यहीबाट अर्काे दिनको यात्रा सुरु गर्ने गरेको उनले जानकारी दिए । ‘खोटाङमा बास पाइन, सोलु सल्लेरी, धादिङमा बास पाइन,’ पाध्याले भने ‘अन्यत्र राम्रो प्रतिक्रिया पाएको छु ।’

     

    अब प्युठान, रोल्पा, दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरसहित सात जिल्ला बाँकी रहेको पाध्याले बताए । अझै २० दिनमा सक्ने अनुमान गरेका पाध्याले समापन भने कञ्चनपुर जिल्लाबाट गर्ने सोच बनाएका छन् ।