
शुक्रवार , भाद्र १, २०८०
काठमाडौं, १ भदौ ।
भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा शुक्रबार नेपाल आएका हुन ।
आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ–संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । भोली उनी चौधरी समूहले निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । जहाँ उनले भदौ २ देखी ४ गतेसम्म हनुमान कथा वाचन गर्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij