२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

‘राधाका सुसेली’ लोकार्पण 

शुक्रवार , भाद्र १, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १ भदौ । 
    भैरहवामा एक कार्यक्रमकाबीच कविता तथा गीत सङ्ग्रह ‘राधाका सुसेली’ लोकार्पण भएको छ । ‘राधाका सुसेली’ गीत र कविता सङ्ग्रहलाई औपचारिक रुपमा वरिष्ठ साहित्यकार वनमाली निराकारले विमोचन गरे । विमोचन गर्दै निराकारले लोक साहित्यको क्षेत्रमा राधाको ‘राधाका सुसेली’ ले थप ईट्टा थप्ने काम गरेको बताए । कृतिमा लोक जीवनका विविध पक्षलाई लोक लयमा सरल, सहज र सुन्दर ढंगले प्रस्तुत गरिएको निराकारको भनाई रहेको थियो । 

    सिर्जनशील साहित्यिक समाज (सिसास) को आयोजनामा भएको कार्यक्रममा प्राज्ञ बूँद राना, साहित्यकारहरु कविता देवकोटा रिजाल, सोनु गुरुङ, सिसासका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारी, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, राधे परिवारका पूर्वअध्यक्ष माधवी शर्मालगायतले कृतिको बारेमा मन्तव्य राख्दै कृतिको सफलताको शुभकामना दिएका थिए । 

    त्यसै गरी कृतिको बारेमा सिर्जनशील साहित्यिक समाज (सिसास) का अध्यक्ष कमल पोख्रेल, कोषाध्यक्ष सिर्जना खनाल, सदस्य केशव शर्मा बेल्बासे लगायतले मन्तब्य राखेको थिए । 

    ‘राधाका सुसेली’ कृतिमा समीक्षा गर्दै डाक्टर लक्ष्मी पोख्रेलले कृतिमा सामान्य किसिमका गाउन मिल्ने रचना भएको भएको बताउँदै कवितामा पनि लोकलयमा नै सिर्जना गर्ने खालका सिर्जना भएको बताइन् ।