२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

शुक्रवार , भाद्र १, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • दाङ, १ भदौ । 
    दाङको बंगलाचुली गाउँपालिका–४ मैकुटीका आमाछोरीको जंगली च्याउ खाँदा मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार मृत्यु भएको प्रहरीले जनाएको छ । 

    आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो भने गत बुधबार छोरी अस्मिताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । मृतक ईश्वरीका श्रीमान भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ उनीहरु खाएका थिए ।