२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

दलित मुक्ति मोर्चा बुटवलको दोस्रो भेला, अध्यक्षमा राजेन्द्र गहतराज

आइतवार , भाद्र ३, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ३ भदौ ।
    नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा बुटवल उपमहानगरपालिका, रुपन्देहीको दोस्रो भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । भेलाले राजेन्द्र गहतराजको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ता दर्जी, शम्भु वि.क., सचिवमा सर्वेश हिताङ्ग, सह-सचिवमा बेल बहादुर गैरे र कोषाध्यक्षमा सरिता विश्वकर्मा रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा शोभाखर नेपाली, अनिता दर्जी, गोबिन्द बराल, मनमाया वि.क., निरु वि.क., सालिकराम परियार, मीन बुढाथोकी, मान बहादुर वि.क., सुजन खाती, चिजा विश्वकर्मा, मनिष रसाइली, कृष्ण नेपाली, जंग बहादुर सुनार, अमर वि.क., मनोज गैरे, मन बहादुर वि.क., पुष्पा वि.क., मन्जु नेपाली र दुर्गा बहादुर वि.क. रहेका छन् । त्यस्तै पहिलो बैठकले थप २ जना सदस्य मनोनित गर्ने निकट नेपाल दलित मुक्ति मोर्चा बुटवल उपमहानगरपालिका कमिटीले जनाएको छ । 

    शान्ता दर्जीको स्वागत मन्तव्यमा भएको कार्यक्रममा फ्याक्सन इञ्चार्ज तथा पूर्व प्रदेश सभा सदस्य दीपा वि.क., नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीका संयोजक ध्रुब लामगादे, जिल्ल सचिव छवि नेपाली लगायतले बोलेका थिए ।