images

मंगलवार, बैशाख २५ गते २०८१

जर्मनीमा पुग्यो ‘सत्ता संघर्ष’

जर्मनीमा पुग्यो ‘सत्ता संघर्ष’

images
images
images
आइतवार, भाद्र ३ २०८०
आइतवार, भाद्र ३ २०८०
  • जर्मनीमा पुग्यो ‘सत्ता संघर्ष’

    बुटवल, ३ भदौ । 
    नेपाली राजनीतिमा भइरहेको बेथिति र सत्ताको खेल सम्बन्धी पुस्तक विश्वका सर्वहारा वर्गले महान् गुरु मान्दै आएका कार्ल मार्क्सको जन्मघर जर्मनीमा पुगेको छ । रामकृष्ण भण्डारीद्वारा लेखिएको कृति सत्ता संघर्ष पुस्तकलाई लेखक ददि सापकोटाले मार्क्सवादका प्रणेता मानिएका माक्र्सको जन्मघरमा पुर्याएका हुन् । मार्क्सको जन्मघरमा उनको शालिकमा पुस्तक समर्पित गरिएको छ । 

    images
    images
    images

    कृतिका लेखक रामकृष्ण भण्डारीले वर्ग संघर्षका प्रणेता मार्क्सको जन्मघरमा नेपाली सत्ता संघर्षको नालीबेली समेटिएको पुस्तक पुर्याइनु आफ्ना लागि र नेपालीकै लागि गौरवको विषय भएको बताए । मार्क्सको जन्म ५ मे १८१८ मा भएको थियो । उनको मृत्यु  १४ मार्च १८८३ मा भएको थियो।

    ‘हामीसँग हार्नका लागि केही छैन, केवल एउटा सिक्रीबाहेक तर जित्नका लागि भने सारा संसार छ ।’ भन्ने मार्क्स जर्मनको पश्चिमी भाग राइन प्रान्तको ट्रियर नगरमा एक सभ्य यहुदी वकिल परिवारमा जन्मेका थिए ।

    कम्युनिष्ट घोषणापत्र उनले लेखेकामध्येको बहुचर्चित दस्तावेज हो । यसमा मार्क्सले ‘पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ’ भन्ने तर्क दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीहरुले मार्क्सवादी सिद्वान्तलाई आत्मसाथ गर्दै आएका छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij