२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पक्राउ गरी अनुसन्धान गर्न राप्रपाको माग

बुधवार , भाद्र ६, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ६ भदौ । 
    राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । 

    बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाए । देशमा दुईवटा कानून नरहेको भन्दै उनले निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।