२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुपर्छ : सांसद् पौडेल

बुधवार , भाद्र ६, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ६ भदौ । 
    नेकपा (माओवादी केन्द्र) का सांसद् तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखेका छन् । संसद् बैठकमा बोल्दै उनले सुनबारे भइरहेको छानबिनलाई रोकेमा दुर्घटना हुन सक्ने बताए ।

    गाडी सिप भएको मान्छेले मात्रै चलाउन सक्ने बताउँदै उनले बीचमै प्रक्रिया रोकेर कसैले गाडी हाइज्याक गर्यो भने दुर्घटना हुने उनको भनाइ छ । त्यसैले सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुको विकल्प नरहेको उनी बताउँछन् ।