२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

बारा बस दुर्घटना : मृतक सबैको सनाखत

बिहिवार , भाद्र ७, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बारा, ७ भदौ । बारामा बिहीबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । 

    काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा दुर्घटनामा परेको थियो । 

    उक्त दुर्घटनामा ज्यान गुमाउने सबै सातजनाकै सनाखत भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, सोही ठाउँका ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी र ६७ वर्षीया वैजन्ती देवीको मृत्यु भएको हो । 

    चालकसहित २६ यात्री सवार उक्त बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको छ ।