२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्रीद्वारा बहिष्कार

शनिवार , भाद्र ९, २०८०

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • रुपन्देही, ९ भदौ । 
    नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिष्कार गरेका छन् ।

    रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिष्कार गरेका हुन । 

    प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागी हुनुभएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिष्कार गरेका हुन ।

    नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिष्कार गरेर निस्किएको मुख्यमन्त्री चौधरीले बताए ।