२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुबीच अन्तरक्रिया  

शनिवार , माघ १०, २०७७

रूपन्देही, १० माघ । समन्वय, सहकार्य, सहअस्तित्व र अन्तरसम्बन्धका लागि सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम रुपन्देहीमा संचालन भइरहेको छ । शनिबारसम्म चल्ने सो अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरु, सचिवहरु र मुख्य न्यायधिवक्ताहरुको सहभागीता रहेको छ ।

अन्तरसम्बन्ध बिस्तार गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयस्तरीय अन्तरक्रिया आयोजना गरिएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बताएका छन् । मन्त्री केसीका अनुसार सातवटै प्रदेशबीच एकअर्कामा सहकार्य, समन्वय र सहअस्तीत्व कायम गर्ने उद्देश्यले अन्तरप्रदेश अन्तरक्रिया आयोजना गरिएको हो । 

मन्त्री केसीले भने-अन्तर प्रदेशका अनुभव, संस्कार, संकृतिबाट शिक्षा लिएर संघियतामा एकरूपता कायम गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । उनले सहकार्य, समन्वय र सहअस्तित्व कायम गर्नु र अन्तरसम्बन्ध विस्तारमा सबैको हित हुने जानकारी दिदै तीन तहको सरकारबीच अन्तरसम्बन्ध व्यवस्थित र सुमधुर हुँदै अन्तरप्रदेशका अनुभवले समुन्नतीमा सघाउने बताए । 

अन्तरक्रियाको उद्घाटन गर्दै गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अधिकार प्राप्ति द्वन्द्वबाट नभएर सहकार्य तथा समन्वयका माध्यमबाट स्थापित गर्नुपर्नेमा जोड दिए । संघीयतालाई बलियो बनाउन प्रदेशहरूलाई स्थापित गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशहरूलाई बलियो बनाउन लुम्बिनी प्रदेश सरकारले निरन्तर पैरवी गदै आइरहेको समेत बताए।  

मुख्यमन्त्री पोखरेलले कानुन निर्माणदेखि अन्य गतिविधिले प्रदेश सरकारका बारेमा सकारात्मक प्रभाव पारेपनि संघिय सरकारले साझा सुचीका कानुन बनाउन ढिला गर्दा कतिपय कठिनाइका कारण प्रदेशलाई स्थापित गर्न चुनौती भइरहेको पनि उनले बताए । समृद्ध मुलुक निर्माणमा प्रदेश सरकारहरुको भुमिका महत्वपुर्ण हुने दावी गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार बोझ नभइ आवश्यकता रहेको प्रष्ट पारे ।