२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

सुन्दर टोल विकास संस्थाको अध्यक्षमा न्यौपाने

शनिवार , भाद्र ९, २०८०

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • तिलोत्तमा, ९ भदौ ।
    सुन्दर टोल विकास संस्थाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवी न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

    साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले सुन्दर टोल विकास संस्थाले सरसफाईदेखि हरेक क्रियाकलापमा अग्रसर भएर काम गरिरहेको बताए । उनले स्थानीय तह निर्माण भएपछि बनेका टोल विकास संस्थाले नागरिकको क्रियाशिलता तथा जागरुकपनालाई समेत अघि बढाएको बताए ।

    विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका सामाजिक शाखाकी अल्पा घिमिरेले नगरपालिकाले टोल विकास संस्थालाई अघि बढाउन विभिन्न कार्यक्रम गर्ने तथा बजेट प्रदान गर्ने गरेको बताइन् । उनले स्थानीयस्तरका टोल विकास संस्था अघि बढे सिंगो पालिका अघि बढ्ने बताइन् ।

    त्यस्तै आनन्दवन टोल विकास संस्थाका अध्यक्ष छवि भण्डारीले हरेक टोल विकास संस्थाले पालिकाको निर्देशन र नागरिकको चाहनअनुसार काम गर्न सके गाउँ विकास गर्न समस्या नहुने बताए । 

    कार्यक्रममा श्री मेदिनी निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत पौडेलले सुन्दर टोल विकास संस्थाले अघिल्ला वर्षमा जसरी कार्य गरेर पहिचान बनाएको छ, सोही पहिचान कायम राख्न नयाँ नेतृत्व लाग्नुपर्ने जनाए ।

    अधिवेशनबाट निर्वाचित नयां अध्यक्ष देवी न्यौपानेले उक्त टोलमा फोहरमैला व्यवस्थापन गर्ने गाडी नआउने भएकाले आफूले गाडीलाई टोलका हरेक घरमा आई फोहोर संकलन गर्न वडा र पालिकासँग आग्रह गरी उक्त कार्य गर्ने प्रतिवद्वता जनाए । उनले टोलबनसीले सरसफाईमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा उक्त टोलमा अन्य धेरै संरचनागत तथा सामाजिक विकासका कार्य गर्ने बताए ।