images

आइतवार, बैशाख १६ गते २०८१

स्थानीय तहमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन प्रवर्द्धनमा इयुको सहयोग 

स्थानीय तहमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन प्रवर्द्धनमा इयुको सहयोग 

images
images
images
आइतवार, भाद्र १० २०८०
आइतवार, भाद्र १० २०८०
  • स्थानीय तहमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन प्रवर्द्धनमा इयुको सहयोग 

    अर्घाखाँची, १० भदौ ।
    स्थानीय तहसँग सहकार्यमार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू आइतबार भएको छ । युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त दुईदिने तालिमको आयोजना गरेको हो । 

    images

    यो तालिममा अर्घाखाँचीको भूवनेश्वर नगरपालिकाका १२ महिलासहित २६ जना कफी व्यवसायी तथा किसानको सहभागीता छ । कफीको लागि धेरै सम्भावना बोकेको अर्घाखाँची जिल्लामा कफीको वैज्ञानिक, दिगो तथा व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ निर्यात क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको हो । 

    मुलुक संघीयतामा गइसकेको अवस्थामा स्थानीय तहमार्फत उद्यमी तथा किसानलाई कफी मूल्य श्रृंखलामा उनीहरूको उच्चतम सहभागीसहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    कफी उत्पादक तथा कफी व्यवसायिक महासंघका अर्घाखाँची जिल्ला कोषाध्यक्ष पुष्कर नाथ बन्जाडेले अर्घाखाँचीमा विगतमा धेरै किसान कफी व्यवसायमा लागेको भए पनि बजारीकरण अभाव तथा रोग किरा व्यवस्थापनको ज्ञान नहुँदा धेरै किसानहरू कफी व्यवसायबाट पलायन भएको स्मरण गरे । उनले वैज्ञानिक कफी उत्पादन क्षमता अभिवृद्धिका लागि स्थानीयस्तरमा यस किसिमको तालिमले दिगो तथा व्यवसायिक कफी उत्पादनमा सहयोग पुग्ने बताए ।

    तालिमकी सहभागी विष्णुमाया घमले तालिमको अवसरबाट आफू धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञान उपयोग गरी आफूले कफी खेती विस्तार गर्ने योजना रहेको सुनाइन् ।  

    भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले राज्यका सबै अंग र निजी क्षेत्रको सहकार्यमा मात्र दिगो कफी उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए । उनले ठूला मात्रामा व्यवसायिक कफी खेती नगरिएसम्म निर्यात क्षमता बढाउन नसकिने बताउँदै किसानको क्षमता स्थानीय तहबाटै विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए। 

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने हो भने नेपाली कफीको उत्पादन बढाउन सहज हुने बताए । उनले सरकारले विभिन्न सहुलियतका कार्यक्रमसहित निर्यात प्रवर्द्धन गर्ने योजनाहरू अगाडि बढाएको बताए । कफी किसानले उत्पादन गरेका कफीको बजारको लागि बोर्डले आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । 

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवालयका उपसचिव मात्रिका आचार्य, कृषि तथा पशु विकास मन्त्रीका निजी सचिव सुशील भट्टराई, इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम आइटिसीका संयोजक डा. विदुर घिमिरेले नेपालमा कफीको सम्भावना पर्याप्त भएको बताउँदै स्थानीय तहसँगको सहकार्यमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन गरी कफीको निर्यात बढाउन स्थानीय किसानको लागि आयोजना गरिएको तालिमले सहयोग पुग्ने बताए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij