
आइतवार , माघ ११, २०७७
बुटवल, ११ माघ ।
बुटवल ब्याडमिन्टन क्लबको शनिवार बुटवलमा सम्पन्न ५ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनवाट गोपाल टण्डनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
क्लबको प्रथम उपाध्यक्षमा पंकज ज्ञवाली, द्वितीय उपाध्यक्षमा नलराज नेपाल, तृतीय उपाध्यक्षमा तुल्सीराम भटृराई (शम्भु) सचिवमा भरत राना, कोषाध्यक्षमा भानु खत्री, सह–सचिवमा राजु खरेल र सह–कोषाध्यक्षमा घनश्याम पौडेल (रामु) निर्वाचित भएको निर्वाचन समितिका संयोजक अर्जुन कार्कीले बताए । त्यसै गरी क्लबको सदस्यमा दिलिप गौचन, नारायण तिवारी, दीपक भटृराई, शेर बहादुर भण्डारी, वालधर गोदार, त्रिबिक्रम हेजू र बालकृष्ण पाण्डे निर्वाचित भएका छन् ।
साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले खेलकुदको क्षेत्रमा नगरपालिकाले दिल खोलेर बजेट विनियोजन गर्ने बताए ।
क्लबका अध्यक्ष रमेश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष राम चन्द्र क्षेत्री, क्लबका पूर्व अध्यक्ष श्याम बहादुर पुन, निर्वतमान अध्यक्ष ईन्द्रलाल श्रेष्ठ, क्लबका जीवनसिंह कुंवर, दीपक भटृराई, राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij