२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित

सोमवार , भाद्र ११, २०८०

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, ११ भदौ ।

    मोफसलका पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित भएको छ । उनको गत भदौ १ गते काठमाडौंमा निधन भएको हो । उक्त स्मृति पुस्तिकामा ५२ जना उनका समकालीन, सहकर्मी, पत्रकार, साथीभाई, ईष्टमित्र, परिवारका सदस्यहरूले आफ्ना भावनाहरू, अनुभूतिहरू र श्रद्धाञ्जली लेखहरु लेखेका छन् ।

    बागलुङमा जन्मे–हुर्केका डिल्लीप्रसाद आचार्य मनले उदार, बचनले नरम, व्यवहारले समाजसेवी, पेशाले प्रशासक र पत्रकार अनि भोगाइले यायावर थिए ।

    पश्चिमाञ्चलमा खोज पत्रकारिताको अभ्यास गरेका आचार्यको  कालापानी–लिपुलेकवारेको आधा शताब्दी अघिको रिपोर्टिङ अनि भगवान बुद्धको मावली र ससुराली–‘देवदह’ प्रतिको देन बिर्सन नसकिने छन् । 

    आजीवन ‘सादा जीवन, उच्च विचार’ दर्शनवाट प्रेरित उनका आत्म–संंस्मरणहरुको संगालो पुस्तक ‘झझल्काहरु’ प्रकाशित छ । दुवै पुस्तकहरू बुलबुल प्रकाशनले प्रकाशित गरेको हो ।