२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लायन्स सिद्धार्थनगर टुलिप, भैरहवा ग्रीन सिटी र डाइनामिक टिचर्सको चार्टर प्रेजेन्टेशन कार्यक्रम

आइतवार , माघ ११, २०७७

भैरहवा, ११ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी र लायन्स क्लब अफ डाइनामिक टिचर्सको संयुक्त चार्टर प्रजेन्टेशन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ सिद्धार्थनगरको स्पोन्सरमा स्थापना भएको तीनवटै क्लबलाई चार्टर सर्टिफिकेट प्रदान गरिएको लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । त्यस्तै तीनवटै क्लबका सदस्यहरुलाई चार्टर मेम्बर सर्टिफिकेट प्रदान गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपकी कार्यवाहक अध्यक्ष माया सुर्यवंशी, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष शिवनाथ गुप्ता र लायन्स क्लब अफ डाइनामिक टिचर्सकी अध्यक्ष विना भण्डारी पाठकलाई चार्टर सर्टिफिकेट प्रदान गरिएको थियो । 

सो अवसरमा बोल्दै कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपकी कार्यवाहक अध्यक्ष माया सुर्यवंशीले क्लबले राम्रो काम गर्दै जाने बताइन् । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष शिवनाथ गुप्ताले विभिन्न सेवामुलक कार्य गर्दै आएको क्लबले छोटो समयमा नै अलग पहिचान स्थापित गर्न सफल भएको बताए । लायन्स क्लब अफ डाइनामिक टिचर्सकी अध्यक्ष विना भण्डारी पाठकले सक्रिय रुपमा समाजसेवामा लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

DSC_3340.JPGकार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गर्भनर अरुण प्रताप राणा, अतिथिहरु सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने, लायन्स क्लब डिष्ट्रिक इन्टरनेशनल ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ नवराज न्यौपाने, स्ट्राटिजिक चिफ महेशचन्द थापा, अनरी एडभाइजर ओमकार गौचन, जोन चेयरपर्सन अनिता थापा, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटीका अध्यक्ष देवराज न्यौपाने लगायतले बोल्दै पछिल्लो समय स्थापित भएका लायन्स क्लबले सामाजिक सेवालाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।

लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षता, कार्यक्रम संयोजक भिष्म प्रसाद न्यौपानेको स्वागत, क्लबका द्वितीय उपाध्यक्ष चन्द्र बहादुर थापाको ध्वजा अभिवादन तथा सचिव अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।DSC_3508.JPG