२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

अनेरास्ववियुद्वारा उजिरसिंह माविमा कमिटी गठन

मंगलवार , भाद्र १२, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, १२ भदौ ।
    नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बुटवल उपमहानगरको नेतृत्वमा उजिरसिंह माविमा कमिटी गठन भएको छ । 

    मंगलबार भएको भेलामा बुटवल अध्यक्ष रोशन घिमिरेको अध्यक्षता, जिल्ला कमिटी सदस्य सृजन नेपालको प्रमुख आतिथ्यमा तथा अनेरास्ववियु बुटवल उपमहानगर उपाध्यक्ष विशाल थापा, रोहित सुनारलगायतले अनेरास्ववियुको इतिहास र योगदान तथा संगठनमा जोडिदा हुने फाइदाबारे प्रकाश पारेका थिए ।

    भेलाले लोकनाथ भुसाल अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन भएको नगर अध्यक्ष घिमिरेले जानकारी दिए ।