२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

रुपन्देही प्रहरीद्वारा अवैध काठको मालाहरु बरामद

मंगलवार , भाद्र १२, २०८०

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १२ भदौ ।
    रुपन्देही प्रहरीले अवैध विभिन्न प्र्रजातिका मालाहरुसहित बस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सोमबार जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेथरीबाट उक्त सामान बरामद गरेको हो । 

    लुम्बिनीबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २१२० नम्बरको बसमा बाँया साइडको डिक्कीमा अवैध रुपमा लुकाईछिपाई राखिएको विभिन्न प्रजातिका ३ हजार ७ सय ४२ पिस (५ बोरा) काठको माला बरामद गरिएको प्रहरीले जनाएको छ । 

    लुम्बिनी साँस्कृतिक नगरपालिका–९ का ३८ वर्षिय हरिराम हरिजनले चलाएको उक्त बसमा लु.स.न.पा.–१ का २९ वर्षिय धिरज कुमार कुर्मीले ल्याउँदै गरेको अवस्थामा फेला पारी स्थानीयको रोहबरमा बरामद काठको माला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक सविता जि.सी.ले बताइन् ।

    बरामद गरिएको मालाहरु, बस चालक र मालाधनीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    3.jpeg