२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

ओलीले दिए नेपाली क्रिकेट टीमलाई शुभकामना

बुधवार , भाद्र १३, २०८०

काठमाडौं, १३ भदौ । 
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टीमलाई शुभकामना दिएका छन् । 
आजदेखि पाकिस्तानमा सुरु हुने खेलमा सहभागी हुन पुगेको नेपाली क्रिकेट टीमलाई ओलीले शुभकामना दिएका हुन् । 

‘र, प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली टीमले  आज पहिलोपटक एसिया कप खेल्दै छ । यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं,’ ओलीले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना ।’ साथै, उनले नेपाली खेलाडीहरुको हौसला बढाउन एउटा भिडियो पनि सेयर गरेका छन् । 

नेपालले आज विश्व वरियता नम्बर १ पाकिस्तानसँग घरेलु मैदानमा पहिलोपटक एसिया कपमा प्रतिष्पर्धा गर्दैछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ ।