२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

सरकारको सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

बिहिवार , भाद्र १४, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १४ भदौ । 
    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको बताएका छन् ।

    बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने प्रयास भइरहेको र यसलाई सफल हुन नदिने बताए । 

    सरकारले सुशासनको अभियानबाट विश्राम नलिने बताउँदै उनले सुशासनको अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध बनाउने दावी गरे । 

    समृद्धिको यात्रा प्रक्रियालाई तीव्र बनाउन सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले यसका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीलाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरूलाई कडा कारवाही गर्ने बताए ।