२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

ओलीले भने, ‘दुई दिनसम्म बरमझियामा पेडा बनाएको छु’

शुक्रवार , भाद्र १५, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १५ भदौ । 
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरमझियामा पेडा बनाएर बेचेको दिनको स्मरण गरेका छन् । सिरहामा हालै सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा सहभागी भएर विराटनगर फर्कने क्रममा अध्यक्ष ओलीले सो पुराना दिनको स्मरण गरेका हुन ।  

    ‘रातिको करिब ९/१० बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो,’ अध्यक्ष ओलीले पुराना दिन सम्झदै फेसबुकमा लेखेका छन, ‘यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ । अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो ।’

    एमालेले चौथौ महाधिवेशन (२०४६ भदौ ९–१४) स्थल सिरहामा हालै केन्द्रिय सचिवालयको बैठक सम्पन्न गरेको थियो । जननेता मदन भण्डारीलाई महासचिव चयन गर्ने तथा जनताको बहुदलीय जनवाद (जबज)तर्फ पार्टीलाई लैजाने निर्णय गरेको सो महाधिवेशनले संयुक्त बाम मोर्चा निर्माण गरी नेपाली कांग्रेससँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलन गर्ने नीति लिएको सो स्थानमा भएको सचिवालय बैठक सकेर ओली विराटनगर जाने क्रममा बरमझियामा पसेका थिए ।