२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

पञ्चकन्या समूह ५१ औं वर्ष प्रवेशको अवसरमा बृहत रक्तदान कार्यक्रम

शुक्रवार , भाद्र १५, २०८०

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १५ भदौ । 
    पञ्चकन्या समूहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गरेका थिए ।

    रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेठले रक्तदान कार्यक्रमको आयोजना गरी ५१ औं वर्ष प्रवेशको शुभारम्भ गरिएको बताए । उनले विगतमा पनि रक्तदान कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको बताए ।

    समूहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको समूहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए । उनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्येश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

    रक्तदान कार्यक्रममा समूहमा कार्यरत कर्मचारी, मजदूर, स्थानीय, लिस्नु युवा क्लबका पदाधिकारी तथा सदस्यलगायतले रक्तदानमा सहभागीता जनाएका थिए ।