images

मंगलवार, बैशाख २५ गते २०८१

२१ औं लिस्नु कप–२०८० भदौ २३ देखि

२१ औं लिस्नु कप–२०८० भदौ २३ देखि

images
images
images
शुक्रवार, भाद्र १५ २०८०
शुक्रवार, भाद्र १५ २०८०
  • २१ औं लिस्नु कप–२०८० भदौ २३ देखि

    भैरहवा, १५ भदौ ।
    जिल्लाको चर्चित फुटबल प्रतियोगिता २१ औं लिस्नु कप २०८० यही भदौ २३ गते शनिबारदेखि सञ्चालन हुने भएको छ ।

    images
    images
    images

    लिस्नु युवा क्लब तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीको आयोजनामा पशुपति उच्च माविको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा १२ वटा उत्कृष्ट टीमले प्रतिष्पर्धा गर्दैछन् ।

    शुक्रबार क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगिताको उपाधि विजेता टीमले ३ लाख रुपैयाँ नगद तथा शिल्ड र उपविजेता टीमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछ । सेमीफाईनलका उपविजेता २ टीमले २५/२५ हजार रुपैयाँ नगद पाउनेछन् ।

    त्यसै गरी हरेक विधाका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र प्रत्येक खेलमा म्यान अफ द म्याचबाट उत्कृष्ट खेलाडीलाई ३ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने क्लबले जनाएको छ । २० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमा स्थानीय समाजसेवी स्वर्गीय जमान सिंह गुरुङ्गको स्मृतिमा उनको परिवारका तर्फबाट रहने छ ।

    क्वाटर फाइनलसम्म दर्शकका लागि रु. १ सय र सेमीफाइनल तथा फाइनल खेल हेर्न रु. २ सय टीकट शुल्क तोकिएको छ । महिलालाई बिशेष आकर्षित गर्न क्वाटर फाइनलसम्म निःशुल्क र सेमीफाइनलपछि ५० प्रतिशत छुट गरिएको आयोजकले जनाएका छन् ।

    प्रतियोगितामा आयोजकसहित नव युवा खेलकुद तथा साँस्कृतिक परिवार, संजीवनी युवा क्लब, झरना स्पोर्टस क्लब, फर्साटिकर फुटवल क्लब, आहाना फुटबल क्लब, प्रहरी तालिम केन्द्र बुटवल, कपिलवस्तु ११, देवदह ब्वायज क्लब, नवलपरासी ११, पाल्पा ११ र वालिङ्ग युनाइटेड क्लब स्याङ्गजा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल असोज ५ गते हुनेछ ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष खेमराज गुरुङले लिस्नु कप फुटवल तिलोत्तमा मात्र नभइ रुपन्देहीको गहना भएको बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता कोसेढुंगा हुने दावी गरे ।

    अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसीले एन्फाले आर्थिक संकटका कारण नियमित प्रतियोगिता र खेलकुद गतिविधि गर्न नसकेको अवस्थामा लिस्नु क्लबले महत्वपूर्ण काम गरेको उल्लेख गरे ।

    क्लबका अध्यक्ष तीर्थराज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा एन्फाका जिल्ला अध्यक्ष लोकबहादुर केसी, क्लबका उपाध्यक्ष कृष्ण गुरुङ, कोषाध्यक्ष प्रकाश पाण्डे क्षेत्री, सचिव मनोज कुमार क्षेत्रीलगायतले प्रतियोगिताबारे जानकारी दिएका थिए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij