२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सियारीको प्रमुख प्रशासकीय अधिकृतमा ऋषिराम पन्थी  

आइतवार , भाद्र १७, २०८०

भैरहवा, १७ भदौ । रुपन्देहीको सियारी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गरेका छन् । लुम्बिनी प्रदेश प्रदेश प्रमुखको कार्यालयबाट सरुवा भइ आउनुभएका ऋषिराम पन्थीले सियारीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गरेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ भने सियारीबाट सरुवा भई अर्घाखाँचीको पाणिनी गाउँपालिका जान लाग्नुभएका रोमनाथ न्यौपानेलाई बिदाई गरिएको छ । 

IMG_9980.JPG

स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारी गाउँपालिकाले तर्जुमा गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिए । 

अध्यक्ष घिमिरेले आफूले कर्मचारीलाई सधै स्वतन्त्र रुपमा काम गर्न दिएको जानकारी दिदै पालिकाबासीको चाहना अनुरुप काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको सेवा गर्ने विषयमा आफुले कसैसँग कुनै पनि विषयमा सम्झौता नगर्ने उल्लेख गर्दै सियारीको विकासमा लाग्न प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीलाई आग्रह गरे । 

गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारीको विकासका लागि सबैले एकआपसमा हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । 

सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले सियारीको समग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताए । उनले सियारीमा आफूलाई असफल हुने छुट नभएको उल्लेख गर्दै आफ्नो कार्यकालमा सियारीलाई थप नयाँ उचाईमा पुर्याउने उल्लेख गरे । 

बिदाई भएर जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सियारीको बसाई अत्यन्तै सुखद भएको उल्लेख गरे ।

सियारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष एवं प्रवक्ता दिपक बहादुर शाहीको स्वागत तथा योजना शाखा प्रमुख रोमलाल पुरीको सञ्चालनमा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष रामचन्द्र कुर्मी, जिल्ला समन्वय समिति सदस्य विष्णुमाया सुवेदी, कार्यपालिका सदस्य मन्जु रोकाय, आर्थिक प्रशासन शाखा प्रमुख नारायण प्रसाद पौडेल, प्रशासन शाखाका चिरञ्जीवि गौतम लगायतले बोल्दै सियारीको समग्र विकासका लागि जनप्रतिनिधि तथा कर्मचारी एक भएर लाग्नुपर्नेमा जोड दिए ।