२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

एसिया कप हेर्न जनकपुरमा आज २ बजेपछि विद्यालय विदा

सोमवार , भाद्र १८, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • जनकपुरधाम, १८ भदौ । 
    नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।

    उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेकी छन् । 

    ‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसियन कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टीमको हौसला बढाउन कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ उपमहानगरपालिकाले निर्देशनमा उल्लेख गरिएको छ ।

    आज एसिया कपमा नेपाल–भारतबीच प्रतिष्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।