
आइतवार , माघ ११, २०७७
भैरहवा, ११ माघ ।
‘सेवा नै ठूलो धर्म हो’ भन्न्ने नारालाई आत्मसाथ गर्दै इनरह्वील क्लब अफ लुम्बिनीले जिनुवा कपिलवस्तुका सागर थारुलाई नगद सहयोग गरेको छ । माघ १० गते पीडित परिवारलाई भेटी नगद रु. १३ हजार सहयोग गरेको छ ।
टाउकोमा पानी जमेर युसीएमएस भैरहवाको आइसीयुको बेड नम्बर १२ मा रहेका जिनुवा कपिलवस्तुका २६ वर्षिय सागर थारु माघ ३ गतेदेखि पैसा अभावका कारण मृत्युुसंग अचेत अवस्थामा लडिरहेका छन् । टाउकोमा पानी जमेको र अप्रेशन गर्दा २ लाख खर्च हुने अस्पतालले भनेपछि परिवारले सो पैसा जुटाउन नसक्दा समस्या परेको छ ।
क्लबले गरिब र दिन दुःखीलाई सहयोग गर्दै आएको र क्लबको सानो सयोगले कसैले नयाँ जीवन पाउँछ सहयोग गर्न सदैव तयार रहने अध्यक्ष रचना क्षेत्रीले बताइन् । आर्थिक अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने भावनाले सहयोग गरेको क्लबका एडिटर नारायणी नेपालले बताइन् । क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij