सोमवार , भाद्र १८, २०८०
भैरहवा, १८ भदौ । जेसीआई सिद्धार्थ लेडी, नेपालको आयोजनामा जारी जेसीज महिना विभिन्न कार्यक्रम गरी समापन गरिएको छ ।
साउन र भदौमा विभिन्न १० वटा जति कार्यक्रम गरी जेसीज महिना मनाईएको थियो । जेसीज महिनाका अन्तिम कार्यक्रम अन्तरगत मानसिक स्वास्थ्य सचेतना तथा तीज विशेष कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष विष्णु पाण्डेले जानकारी दिइन् ।
सो अवसरमा सिद्धार्थ बाल गृहका १० जना बालबालिकाहरुलाई स्कूल ब्याग समेत वितरण गरिएको थियो ।
कार्यक्रममा एवलोन नेपालका संस्थापक अध्यक्ष रन्जु शर्माले मानसिक स्वास्थ्यका विषयमा जानकारी दिएकी थिइन् । उनले मानसिक स्वास्थ्यका कारण समाजमा बिभिन्न खालका घटना घटिरहेको उल्लेख गर्दै मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउनुपर्नेमा जोड दिइन् ।
भावना लामिछानेको संयोजनमा तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नमूना एकीकृत विकास परिषदकी अध्यक्ष सीता भट्टराई, एवलोन नेपालका संस्थापक अध्यक्ष रन्जु शर्मा लगायतले बोलेका थिए ।
मीना ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा आस्थापाठ प्रतिमा भण्डारीले गरेको जेसीज महिना निर्देशक संगिता आचार्यले जानकारी दिइन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij