२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

बुधवार , भाद्र २०, २०८०

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, २० भदौ । 
    आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

    पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ । 

    उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भव्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन । सो अवसरमा आज सरकारले सार्वजनिक विदासमेत दिएको छ ।