२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लायन्स क्लब अफ बुटवलले लक्ष्मी माविमा नियमित खाजा खुवाउने

आइतवार , माघ ११, २०७७

बुटवल, ११ माघ । 
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवलले आइतबार बुटवल उपमहानगर वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयमा पढने कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई आइतबारबाट दैनिक खाजा खुवाउन सुरु गरेको छ ।
लायन्स इन्टरनेशनलको हंगर रिलिफ तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको वार्षिक कार्ययोजना अनुरुप र लायन्स बुटवलको स्कुल बेस कार्यक्रम अन्र्तगत चालु शैक्षिक सत्रमा खाजा खुलाउने भएको छ ।

विद्यालयमा अध्ययन गर्ने करिब १ सय १५ जना विद्यार्थीलाई खाजा खुवाउनको लागि विद्यालयमा सञ्चालन गरिएको क्यान्टिनसंग आइतबार समझदारी पत्रमा हस्ताक्षर गरिएको लायन्स बुटवलका अध्यक्ष संजय जयसवालले बताए । लक्ष्मी माध्यमिक विद्यालयमा अधिकांश गरिब तथा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा अध्ययन गर्न आउने अधिकांश विद्यार्थीको दयनीय अवस्था देखेर खाजा खुवाउने लागेको संयोजक महेश प्रसाद श्रेष्ठले बताए । यद्यपी कोभिड–१९ महामारीका कारण विद्यालय सञ्चालन नभएको र विद्यालय खुलेलगत्तै यहि माघ महिनादेखि खाजा कार्यक्रम सञ्चालन गरिएको लायन्स क्लब बुटवलका अध्यक्ष संजय जयसवालले जानकारी गराए ।

त्यस्तै कार्यक्रममा बोल्दै लायन्स क्लबका डिष्ट्रिक गभर्नर एम.जे.एफ शम्भु नकर्मीले विपन्न परिवारका बालकालिकालाई लक्षित गरेर क्लबले विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गर्नु सह्रानीय रहेको बताए । उनले डिष्ट्रिकबाट पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम अति नै प्रगति देखेर लायन्स बुटवलका पूर्व अध्यक्ष नवराज श्रेष्ठले रु. २५ हजार, क्लबका सदस्य दिनेश श्रेष्ठले रु. २५ हजार, डिष्ट्रिक कोर्डिनेटर नवराज न्यौपानले रु. १५ हजार, लुम्बिनी सहकारीबाट रु. १५ हजार, जोन चेयरपर्सन भेसराज शाक्यबाट रु. ५ हजार  सहयोग प्रदान गरेका छन । 

उक्त कार्यक्रमा पिस पोस्टर कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालमा द्वितीय भएका बुटवलका अविव्स भट्टराईलाई डिष्ट्रिक गभर्नर नकर्मीले पुरस्कार प्रदान गरेका थिए  । उनी लायन्स क्लव अफ बुटवलले सञ्चालन गरेको सोही प्रतियोगितामा प्रथम भएका थिए । कार्यक्रममा फस्ट लेडि मैया प्रधान, पूर्व डिष्ट्रिक गभर्नर एम.जे.एफ महेन्द्रनारायण श्रेष्ठ, क्लबका संस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवन प्रसाद वझा, क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक कोर्डिनेटरहरु नवराज न्यौपाने, सुनिता बजिमय, बुटवल–४ का कार्यवाहक वडा अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानाध्यापक शान्ता शर्मा, क्लबका सचिव प्रतिक पोखरेल लगायतले बोलेका थिए ।