
सोमवार , माघ १२, २०७७
भैरहवा, १२ माघ ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले रुपन्देहीको रोहिणी गाउँपालिका–२ वैरिहवाका ४० घरपरिवारका १२० जनालाई न्यानो कपडा वितरण गरेको कार्यक्रम संयोजक विशाल पोख्रेलले बताए ।
चिसो बढ्दै गएकोले त्यसैलाई मध्यनजर गर्दै कम्मलसहित न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष सुरज भट्टराईले बताए । क्लबका सचिव सन्दिप कसौधनको सञ्चालनमा कार्यक्रम सम्पन्न गर्दै आएको छ ।
क्लबले विगतदेखि नै सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिदै आएको क्लबका पूर्वअध्यक्ष दिनेश अग्रवालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij