images

मंगलवार, बैशाख २५ गते २०८१

भेट्रान्स क्रिकेटमा कुवेत काे विजयी सुरुवात

भेट्रान्स क्रिकेटमा कुवेत काे विजयी सुरुवात

images
images
images
शुक्रवार, भाद्र २२ २०८०
शुक्रवार, भाद्र २२ २०८०
  • भेट्रान्स क्रिकेटमा कुवेत काे विजयी सुरुवात

    काठमाडौं । नेपाल भेट्रान्स क्रिकेट टिम र कुवेत भेट्रान्स क्रिकेट टिम (कुवेत बादशाह क्रिकेट क्लब) बिच अन्तरास्ट्रिय भेट्रान्स टि २० क्रिकेट सिरिज आजबाट किर्तिपुर स्थित त्रि वि अन्तरास्ट्रिय क्रिकेट रंगशालामा शुरु भएकाे छ। प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद का सदस्य सचिव टंक लाल घिसिंङ द्वारा उदघाटन भएकाे उदघाट्न खेलमा कुवेत बादशाह क्रिकेट क्लबले टस जितेर पहिला ब्याटिंङ गर्दै कुवेत लाई १६६ रनकाे टार्गेट दिएकाे थियाे।

    images
    images
    images

    अधिकांश पूर्व अन्तरास्ट्रिय क्रिकेटरहरु सम्मिलित नेपालकाे तर्फबाट कृतार्थ शाक्यले ४२ रन, दिपेन्द्र चाैधरीले ३४ रन, परेश लाेहनीले २८ रन र कप्तान किरण शम्शेर जंङ्ग बहादुर राणाले २१ रन बनाएका थिए। बलिङ मा कुवेत काे तर्फबाट जमशेद अजमतले ३ विकेट, विनय कुमार १ विकेट र खुर्राम शहजाद ले १ विकेट लिएका थिए । १६६ रन काे टार्गेट चेस गर्दै कवुेत बादशाह क्रिकेट क्लबले १५  ओभर २ बल मा ६ विकेट काे क्षतिमा आजकाे उदघाट्न खेल जितेकाे थियाे । आजकाे जित मा कुवेत काे तर्फबाट अदित कुमाराले ६७ रन काे बिस्फाेटक पारी खेले भने खुर्राम शहजादले ३६ रन र कप्तान माेहम्मद हाफिजले ३२ रन काे पारी खेले। नेपाल भेट्रान्स क्रिकेट टिम काे तर्फ बाट राजु बस्न्यातले २ विकेट, रिकेश लामाले २ विकेट, विकास सिंहले १ विकेट र उदय थापा ले १ विकेट लिएका थिए।

    उक्त सिरिज मा तीन वटा टि २० खेलहरु मध्ये बाँकी दुई खेल भाेलि भाद्र १६ गते आईतबार र १७ गते साेमवार खेलिने जानकारी उक्त सिरिज काे संयाेजक अन्तरास्ट्रिय अंपाएर रविन्द्र गुप्ताले जानकारी दिए । नेपाल भेट्रान्स क्रिकेटर संघ गठन भएकाे सन्दर्भमा आयाेजित उक्त सिरिज खेल्न कुवेत काे टिम हिजाे बिहान काठमाण्डाैं आएकाे थियाे भने हिजाे साँझ नै पत्रकार सम्मेलन आयाेजना गरिएकाे थियाे । पत्रकार सम्मेलन मा कुवेत टिमले नेपाल ले देखाएकाे आतिथ्यकाे प्रशंसा गर्दै आयाेजक काे जति तारिफ गरे पनि कम हुन्छ भन्नू भएकाे थियाे। नेपाल भेट्रान्स क्रिकेटर संघ काे उद्वेश्य भनेकाे भेट्रान्स क्रिकेटरहरुकाे हक हित मा आधारित कार्यक्रमहरु ल्याउने र क्रिकेट काे विकास मा हातेमालाे गर्ने रहेकाे कुरा संघ का सचिव अरुण सत्याल ले जानकारी दिए । नेपाली क्रिकेट विकासमा राष्ट्र बाट प्रतिनिधित्व गरि आफ्नाे अमुल्य याेगदान दिएका निवृत खेलाडीहरुले क्रिकेट काे विकासमा केही याेगदान दिन सकुन भनि याे संघ गठन गरिएकाे हाे  सत्यालले बताए ।

    क्रिकेट नेपालमा सर्वाधिक रुचाईएकाे खेल रहेकाे र नेपालले एसिया कप क्रिकेटमा आफ्नाे उपस्थिती जनाउनु ठूलाे कुरा पनि रहेकाे कारण भेट्रान्स क्रिकेटरहरु काे अनुभवले क्रिकेटकाे स्तर अझ माथी लान सकिन्छकि भनेर याे संघ गठन गरिएकाे जानकारी गराईयाे। जटिल आर्थिक अवस्था काे बाबजुद पनि धेरै कर्पाेरेट प्रायाेजकहरु पाउनु खुसीकाे कुरा रहेकाे नेपाल भेट्रान्स क्रिकेटर संघका उपाध्यक्ष तथा नेपाल भेट्रान्स क्रिकेट टिमका कप्तान किरण शम्सेर जंङ्ग बहादुर राणाले जानकारी दिए । कुवेत र नेपाल भेट्रान्स टिम बिचकाे उक्त सिरिजकाे परामर्शदाता पन्त ग्लाेबल कन्सल्ट्यान्सी रहेकाे र सिरिज काे समायाेजन तथा प्रायाेजकसंगकाे सहकार्यकाे लागि उक्त कन्सल्ट्यान्सीका प्रमुख कार्यकारी अधिकृत तथा नेपालकाे लागि अन्तरास्ट्रिय क्रिकेट कमेन्टेटर धिरेन्द्र पन्त लाई जिम्मा दिईएकाे नेपाल भेट्रान्स क्रिकेटर संघका अध्यक्ष विजय शर्माले जानकारी दिए। उक्त सिरिजकाे मुख्य प्रायाेजक जजिरा एयरवेज रहेकाे छ भने अन्य प्रायाेजकहरुमा आईएई पे, आईएमई रेमट्यान्स, महालक्ष्मी विकास बैंक लि., गरिमा विकास बैंक लि., हिमालयन बैंक लि., नेपाल टेलिकम, मेन्टर ईन्स्टिच्युट, डलफिन एजुकेसन, आविद प्रा. लि., सुशील काेईराला फाउण्डेसन, काष्टमण्डप ईभेन्टस, रेबिरा, टिम ११, माई पे, चिरायू अस्पताल र आरसी काेला रहेकाे छ। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij