images

सोमवार, बैशाख २४ गते २०८१

सियारीमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम, नि:शुल्क रगतदेखि मोतियाबिन्दुका बिरामीलाई अपरेशन

सियारीमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम, नि:शुल्क रगतदेखि मोतियाबिन्दुका बिरामीलाई अपरेशन

images
images
images
शुक्रवार, भाद्र २२ २०८०
शुक्रवार, भाद्र २२ २०८०
  • सियारीमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम, नि:शुल्क रगतदेखि मोतियाबिन्दुका बिरामीलाई अपरेशन

    भैरहवा, २२ भदौ । रुपन्देहीको सियारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको छ। पालिकाले गएको एक वर्षमा जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरेको तथ्यांकले देखाएको छ । 

    images
    images
    images

    पालिकाले सियारी गाउँपालिकाभित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण जेष्ठ नागरिक, अशक्त र अपांग (क र ख) परिचयपत्र बाहकलाई प्रत्येक चौमासिक रुपमा घरघरमा पुगेर स्वास्य सेवा प्रदान गरेको छ । हालसम्म १ हजार ५ सय जना नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको पालिकाले जनाएको छ । 

    सियारी गाउँपालिकाले गाउँपालिकाभित्रका सम्पूर्ण नागरिकहरूलाई उपचारका लागि रगत तथा रगतजन्य वस्तुलाई निःशुल्क बनाएको छ । पैसाको अभावमा कसैले पनि रगत नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भनेर नेपाल रेडक्रस सोसाइटी, रूपन्देहीसँग समन्वय गरी निःशुल्क रुपमा रगत पाउने प्रक्रियालाई प्रभावकारी रुपमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनकाअनुसार गत वर्ष २३९ जनालाई निःशुल्क रगत उपलब्ध गरिएको छ । अध्यक्ष घिमिरेले आम नागरिक स्वस्थ भए मात्र समाज र राष्ट्र स्वस्थ हुने भन्दै स्वास्थ्य क्षेत्रमा थुप्रै जनतामैत्री कार्यक्रम लाग” गरिएको बताए । 

    गाउँपालिकाले गत वर्ष गाउँपालिकाभित्रका ६ सय ७७ जना सुत्केरीहरूलाई सुत्केरी पोषण सामग्री र पोषण खर्च निःशुल्क रुपमा सेवा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण गर्भवती महिलाका लागि फोलिक एसिड र क्याल्सियम चक्की निःशुल्क वितरण गरिएको छ । त्यसै गरी सियारी गाउँपालिकाभित्रका गर्भवतीहरूका लागि ग्रामीण अल्ट्रासाउण्ड सेवामार्पत निःशुल्क भिडियो एक्स–रे सेवा सुचारु समेत गरिएको छ । 

    त्यस्तै गाउँपालिकाभित्रका गर्भवती, सुत्केरी, नवशिशु, जेष्ठ नागरिक, अशक्त र अपांग (क र ख) लाई निःशुल्क एम्बुलेन्स सेवा र ल्याब सेवा सञ्चालन गरिएको छ । उक्त सेवाबाट हालसम्म धरै जनाले लाभ लिएको स्वास्थ्य शाखाले जनाएको छ । 

    गत वर्ष ३४ जना मोतियाबिन्दुका बिरामीले निःशुल्क अपरेशन सेवा लिएका छन् । पालिकाले श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको सहकार्यमा मोतियाबिन्दुका बिरामीको निःशुल्क अपरेशन सेवा सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकृत माधव खनालले जानकारी दिए । उनले उक्त कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको बताए । आर्थिक वर्ष २०८०/०८१ को लागि श्री रण अम्बिका शाह आखाँ अस्पताल, भैरहवासँग सम्झौता गरी अस्पतालको सहकार्यमा सियारी गाउँपालिकाभित्रका सम्पूर्ण मोतियाबिन्दुका बिरामीलाई निःशुल्क अपरेशन सेवा सञ्चालन गरिएको छ ।  

    सियारी गाउँपालिकाभित्रका सम्पूर्ण ५ वर्षमुनिका बालबालिकाहरूको नियमित रूपमा तौल अनुगमन र आमा समूहको बैठक सञ्चालनको लागि बजेट बिनियोजन गरिएको छ ।

    गाउँपालिकाले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवासँगं मानसिक स्वास्थ्य सेवा सञ्चालनको सुरूवात, औषधी व्यवस्थापन र स्वास्थ्यकर्मीलाई तालिमपश्चात सेवा सुरू गरी ९ सय ३९ जना बिरामीलाई निःशुल्क सेवा सञ्चालन गरिएको छ ।

    त्यसै गरी सियारी गाउँपालिकाभित्रका ७० जना महिला स्वास्थ्य स्यवंसेविकालाई मासिक भत्ता, यातायात खर्च र स्वास्थ्य बीमा सेवा प्रदान गरिएको पालिकाले जनाएको छ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij