२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

कांग्रेस तिलोत्तमा–३ द्वारा तीज मिलन तथा दर खाने कार्यक्रम 

शनिवार , भाद्र २३, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • तिलोत्तमा, २३ भदौ ।
    यतिबेला जताततै हिन्दू महिलाहरुको एउटा महत्वपूर्ण पर्व तीजको रौनक छाएको छ  । पछिल्लो समय तीज आउनुभन्दा एक महिना अघिदेखि नै  तीजको नाचगान र दर खाने कार्यक्रम भइरहेको छ । 

    तीजकै अवसर पारेर नेपाली कांग्रेस वडा कार्य समिति तिलोत्तमा नगरपालिका वडा नम्बर ३, रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको  छ ।  

    तिलोत्तमाको वनवाटिकामा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गंगा शाहीले तीज एक पौराणिक कालदेखि चलिआएको परम्परा भएको बताइन् । उनले आधुनिक समाजमा तीजको महत्वलाई फरक रुपले व्याख्या गरिए पनि सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यताअनुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमानको साथमा बसी बाँकी जीवन बिताउनुपर्ने र यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र चटक्क छोडी जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको बताइन् । 

    कार्यक्रममा  कांग्रेस  महासमिति  सदस्य चित्र केसी, तिलोत्तमा नगर सभापति हरिलाल  पाण्डे, तिलोत्तमा–३ का वडा सदस्य सीता बिष्ट, महिला संघका वडा सभापति हिरा अधिकारी, वडा समितिका सचिव दिनेश सुवेदी, सह–सचिव बिना मल्ल, कोषाध्यक्ष राजु पौडेललगायतले बोल्दै महिलाहरूलाई घरको विभिन्न जिम्मेवारी, तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न तीज पर्वको ठूलो भूमिका रहेको बताए ।

    वडा सभापति केशरी पाण्डेले कांग्रेस वडा समितिले राजनीतिक र सामाजिक गतिविधिसँगसँगै मौलिक र साँस्कृतिक पर्वहरुको जगेर्ना गर्ने कार्य पनि गर्दै आइरहेको बताए ।

    received_3297982113825515.jpeg
    undefined

    तीज मिलन तथा दर खाने कार्यक्रममा करिब ३ सय जनाको सहभागीता रहेको वडा उपसभापति पदम पौडेलले जानकारी दिए ।