images

सोमवार, बैशाख २४ गते २०८१

सिद्धार्थनगर–१ मा नृत्य प्रतियोगिता, नयाँगाउँ रानीगाउँ आमा समूह प्रथम

सिद्धार्थनगर–१ मा नृत्य प्रतियोगिता, नयाँगाउँ रानीगाउँ आमा समूह प्रथम

images
images
images
शनिवार, भाद्र २३ २०८०
शनिवार, भाद्र २३ २०८०
  • सिद्धार्थनगर–१ मा नृत्य प्रतियोगिता, नयाँगाउँ रानीगाउँ आमा समूह प्रथम

    भैरहवा, २३ भदौ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयको आयोजनामा शनिबार प्रथम हरितालिका तीज उत्सव तथा नृत्य प्रतियोगिता–२०८० शनिबार सम्पन्न भएको छ ।

    images
    images
    images

    महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा नयाँ गाउँ दुर्गा मन्दिरमा कार्यक्रम आयोजना गरिएको सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए । उनले संस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

    ६ वटा समूहको सहभागीता रहेको वडास्तरीय प्रतियोगितामा नयाँ गाउँ, रानी गाउँ आमा समूह प्रथम भएको प्रमुख निर्णायक शेखरनाथ पन्थीले बताए ।

    IMG_8092.JPG

    प्रतियोगितामा स्वास्थ्य स्वयंसेविका समूह दोस्रो, नमुना दुर्गा महिला सम्वाद समूह तेस्रो तथा बेलहिया गाउँ आमा समूह, गृह लक्ष्मी समूह र दिदी बहिनी बेलहिया समूह सान्तवना भएको पन्थीले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु. १० हजार, दोस्रोलाई रु. ७ हजार, तेस्रोलाई रु. ५ हजार र सान्त्वना (तीनवटा समूहलाई) रु. २/२ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन् ।

    प्रतियोगितामा सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको कार्यक्रम संयोजक तथा सिद्धार्थनगर नगरपालिका–१ की वडा सदस्य हरिमाया गुरुङले बताइन् ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, वडा नम्बर ५ की वडा सदस्य सरस्वती श्रेष्ठ, सिद्धार्थनगर–३ की पूर्व वडा सदस्य रुपमाया पुन, नयाँ गाउँ रानी गाउँ समाजका अध्यक्ष याम बहादुर थापा, प्रमुख निर्णायक शेखरनाथ पन्थी लगायतले बोल्दै बाटो, नाला र पुल बनाउनु मात्र विकास नभएको बताए । उनीहरुले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ ले नमूना प्रस्तुत गरेको र यस्ता कार्यक्रम सिद्धार्थनगरका १३ वटै वडामा सञ्चालन गर्नुपर्ने बताए ।

    सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलको अध्यक्षता, वडा सदस्य मीन बहादुर गुरुङको स्वागत तथा कार्यक्रम संयोजक एवं वडा सदस्य हरिमाया गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताको प्रमुख निर्णायकमा शेखरनाथ पन्थी, निर्णायकमा पुर्ण बहादुर गुरुङ र ईशा आले मगर रहेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij