२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविरमा पाँचसयले गराए निःशुल्क स्वास्थ्य परीक्षण

शनिवार , भाद्र २३, २०८०

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल, २३ भदौ ।
    रोटरी क्लब अफ बुटवल र ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा ज्येष्ठ नागरिक लक्षित वृहत स्वास्थ्य शिविर गरिएको छ । श्रृंगेश्वर धामस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र परिसरमा आयोजित शिविरमा करिब ५ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको क्लबका अध्यक्ष करुण खनालले जानकारी दिए । शिविरमा देवदह मेडिकल कलेजले प्राविधिक सहयोग गरेको क्लबले जनाएको छ ।

    शिविर सञ्चालनका लागि इनरह्वील क्लब अफ तिलोत्तमा, इनरह्वील क्लब अफ मिडटाउन, रोट्रयाक्ट क्लब अफ बुटवल, रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य, रोट्रयाक्ट क्लब अफ केआइसी, नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देही शाखा र नेपाल मगर महिला संघ बुटवलले सह–आयोजककोे भूमिका निर्वाह गरेका थिए ।

    शिविरमा मुटुरोग, हाडजोर्नी, जनरल फिजिसियन, छाला रोग, स्त्री रोग र मानसिक रोगको सम्बन्धित विशेषज्ञहरुद्वारा चेकजाँच गरिएको थियो । शिविरमा चिकित्सकहरुसहित १५ जनाको स्वास्थ्यकर्मीको टोली चेकजाँचका लागि खटिएको थियो । स्वास्थ्य परीक्षण गराएका विभिन्न रोगीहरुलाई औषधिको समेत व्यवस्था गरिएको थियो ।

    यसअघि शिविरको उद्घाटन प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् । त्यसअवसरमा उनले यस्ता शिविरले ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणमा सहज हुुने भन्दै शिविर आयोजना गरेकोमा आयोजजकलाई धन्यवाद दिइन् । 

    शिविर उद्घाटनका क्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष डिलबहादुर भट्टराई, वडा नम्बर ४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्री, देवदह मेडिकल कलेजका प्रबन्ध निर्देशक गोपालबहादुृर पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । शिविरमा सहभागी ज्येष्ठ सदस्य हिरा बहादुर भलामीको स्वास्थ्य परीक्षण गर्दै शिविरको शुभारम्भ गरिएको थियो ।