२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

सामूहिक विद्यालय परिवारद्वारा आयोजित लोकनृत्य प्रतियोगितामा आदर्श विद्या मन्दिर प्रथम

शनिवार , भाद्र २३, २०८०

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २३ भदौ ।
    सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा लोक नृत्य प्रतियोगिता शुक्रबार भैरहवामा सम्पन्न भएको छ । प्रतियोगितामा १९ वटा विद्यालयको सहभागीता रहेको परिवारका अध्यक्ष युवराज पोख्रेलले बताए ।

    प्रतियोगितामा आदर्श विद्या मन्दिर प्रथम, न्यू ईरा ईङलिस बोर्डिङ स्कूल द्वितीय, मनकामना इङलिस बोर्डिङ स्कूल तृतीय र संजीवनी शिक्षा निकेतन सान्त्वना भएको पोख्रेलले जानकारी दिए ।

    संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक महेश भुर्तेलले बताए । उनले भने, ‘सामूहिक विद्यालय परिवार रुपन्देहीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । ’

    सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव वन्जाडेको प्रमुख आतिथ्यता, सामूहिक विद्यालय परिवारका उपाध्यक्ष समसाद इद्रिसीको स्वागत तथा सचिव सिर्जना जोशीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख उमा काफले, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, प्राज्ञ बुँद राना, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा निर्णायकको भूमिका सुन्दर गुरुङ र मीना बुढाथोकीले निर्वाह गरेका थिए ।