images

बुधवार, बैशाख २६ गते २०८१

नेपाल र म्यान्मारबीच फुटबल प्रतिष्पर्धा हुँदै 

नेपाल र म्यान्मारबीच फुटबल प्रतिष्पर्धा हुँदै 

images
images
images
सोमवार, भाद्र २५ २०८०
सोमवार, भाद्र २५ २०८०
  • नेपाल र म्यान्मारबीच फुटबल प्रतिष्पर्धा हुँदै 

    काठमाडौं, २५ भदौ । 
    नेपाल र म्यान्मारबीचमा फुटबल प्रतिष्पर्धा हुँदैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिष्पर्धा गर्न लागेको हो । 

    images
    images
    images

    सो प्रतिष्पर्धा थुवुना रंगशाला, याङगुनमा हुँदैछ । सो खेल नेपाली समय अनुसार ४ः१५ बजेवाट सुरु हुनेछ । 

    गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यान्मारले पाहुना टीमलाई दबाबमा राखेको थियो । 

    फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको छ भने म्यान्मार १ सय ६० औं स्थानमा छ । पछिल्लो वरीयतामा एसियाका शीर्ष २६ स्थानमा पर्न असफल भएपछि नेपाल र म्यान्मार विश्वकप छनोटको पहिलो चरणमै मैदानमा ओर्लनुपर्ने स्थिति आएको हो । 

    यसपछि म्यान्मारले छनोटमा मकाउविरुद्ध खेल्दै छ भने नेपालले लाओसविरुद्ध प्रतिष्पर्धा गर्नेछ । छनोटका प्रतिष्पर्धा होम एण्ड अवेका आधारमा आउने अक्टोबरमा सञ्चालन हुनेछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij