images

मंगलवार, बैशाख २५ गते २०८१

सातौं जिल्लास्तरीय स्नुकर : शिशिर, शंकर, विजय र सम्बन्ध सेमीफाइनलमा 

सातौं जिल्लास्तरीय स्नुकर : शिशिर, शंकर, विजय र सम्बन्ध सेमीफाइनलमा 

images
images
images
बुधवार, भाद्र २७ २०८०
बुधवार, भाद्र २७ २०८०
  • सातौं जिल्लास्तरीय स्नुकर : शिशिर, शंकर, विजय र सम्बन्ध सेमीफाइनलमा 

    बुटवल, २७ भदौ । 
    सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगितामा क्वाटर फाइनल खेलहरु सकिएका छन् । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लब बुटवलमा बुधबार सम्पन्न खेलमा विजयी हुँदै शिशिर गुरुङ, शंकर खड्का, विजय थापा र सम्बन्ध विक सेमिफाइनलमा प्रवेश गरेका हुन्  ।

    images
    images
    images

    प्रतियोगिताका संयोजक विजय गुरुङका अनुसार क्वाटर फाइनल खेलमा सागर गाहालाई पराजित गर्दै विजय थापा, कुमार थापालाई पराजित गर्दै सम्बन्ध विके, सुरज मकाजुलाई पराजित गर्दै शंकर खड्का र डेभिड गौचनलाई पराजित गर्दै शिशिर गुरुङ सेमीफाइनलमा प्रवेश गरेका हुन् ।

    क्वाटरफाइनलका सबै खेल बेस्ट अफ फाइभका आधारमा खेलाइएको थियो । प्रतियोगितामा रुपन्देहीमा बसोबास गर्दै आएका १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदीयमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष सुजन पुनले बताए ।

    प्रतियोगिता बिहीबारसम्म चल्ने अध्यक्ष पुनले बताए । कुल ५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ–संस्था र खेलप्रेमीहरुले सहयोग गरेको संघका कोषाध्यक्ष अमिन थापाले बताए ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij