images

बुधवार, बैशाख २६ गते २०८१

जिल्लास्तरीय स्नुकरको उपाधि खड्कालाई 

जिल्लास्तरीय स्नुकरको उपाधि खड्कालाई 

images
images
images
बिहिवार, भाद्र २८ २०८०
बिहिवार, भाद्र २८ २०८०
  • जिल्लास्तरीय स्नुकरको उपाधि खड्कालाई 

    बुटवल, २८ भदौ । 
    सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६–४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् । 

    images
    images
    images

    रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । 

    प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको नगद १० हजार पुरस्कार पनि हात पारे । त्यस्तै उदीयमान खेलाडीमा सम्बन्ध विक र अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचनले समान ५ हजार रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् । 

    विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले स्नुकर खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए । 

    संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा ओझेलमा परेको गुनासो गरे । 

    समापन समारोहमा संघका पूर्व सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, संघका प्रथम उपाध्यक्ष बासु प्रधान, सचिव प्रकाश क्षेत्री लगायतले संघले आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने बताए । समारोहमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघ–संस्थालाई सम्मान गरिएको थियो । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij