images

सोमवार, बैशाख २४ गते २०८१

बाल दिवसको अवसरमा गैडहवा–५ मा वक्तृत्वकला प्रतियोगिता

बाल दिवसको अवसरमा गैडहवा–५ मा वक्तृत्वकला प्रतियोगिता

images
images
images
शुक्रवार, भाद्र २९ २०८०
शुक्रवार, भाद्र २९ २०८०
  • बाल दिवसको अवसरमा गैडहवा–५ मा वक्तृत्वकला प्रतियोगिता

    रुपन्देही, २९ भदौ ।
    ५९ औं राष्ट्रिय बाल दिवसका अवसरमा रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ५ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीको अन्तरनीहित क्षमता प्रष्फुटन गर्ने र बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने विषयमा विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम गरिएको हो । वडास्तरीय बाल क्लब र साथी सञ्जाल नामक संस्थाको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा १७ वटा विद्यालयले भाग लिएका थिए ।

    images
    images
    images

    प्रतियोगितामा सिद्ध लुम्बिनी इङलिस बोर्डिङ स्कूलकी अन्जनी गुप्ता प्रथम, विष्णुपुरा माविकी रोशनी यादव द्वितीय, विष्णुपुरा माविकै रोशनी कहाँर तृतीय र दिव्यज्योती इङलिस बोर्डिङ स्कूलकी इन्द्रकला गुप्ता सान्त्वना भएका छन् ।

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै गैडहवा गाउँपालिकाकी उपाध्यक्ष माधुरी जैसवालले बालमैत्री समाजले मात्र बालबालिकाको समुन्नत विकास हुने र उनीहरुको भविष्य उज्ज्वल हुने भन्दै गाउँपालिकाले बालबालिकाको क्षेत्रमा लगानी बढाइरहेको बताइन् । बालअधिकार हनन् हुन नदिन र संविधानमा व्यवस्था भए बमोजिम उनीहरुले पाउने अधिकार प्राप्तीका लागि अभिभावकसँगै सिंगो समुदाय पनि सचेत हुनुपर्नेमा उनले जोड दिइन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले वक्तृत्वकला प्रतियोगिताले बालबालिकामा व्यवहारिक अभ्यास हुने तथा उनीहरुको सिर्जनात्मक विकास हुने र अधिकारबारे सचेत हुने मौका पाउने बताए ।

    प्रतियोगिता उद्घाटनका अवसरमा बोल्दै गैडहवा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विजयकुमार शर्माले आफ्नो वडामार्फत भए÷गरेका कामबारे प्रकाश पार्दै वडाबाटै सुत्केरी तथा अन्य बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको, गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्स–रे सेवा र कृष्ण आधारभूत स्वास्थ्य केन्द्रबाट अतिगरीब दलितलाई वडाबाट विद्युत मिटरको निःशुल्क व्यवस्था गरिएको जानकारी  दिए ।

    कार्यक्रममा विष्णुपुरा साथी सञ्जालका कोषाध्यक्ष राजनन्दनी हरिजन, बाल क्लवका अध्यक्ष विश्वास शर्मा, निर्णायक मण्डलका श्रीकृष्ण यादव, सरिता हरिजनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij